Dabali News

युमी, प्रकृया र अन्सु गुरुङ्गलाई नगरीक अभिनन्दन

२५ फागुन

बुटवल । ‘लुम्बिनी गट ट्यालेन्ट’को उपाधि विजेता नोवल एञ्जलस युमी गुरुङ्ग, प्रकृया गुरुङ्ग र अन्सु गुरुङ्गलाई नगरीक अभिनन्दन गरिएको छ ।

शुक्रबार गरिएको कार्यक्रममा प्रदेश नं. ५ प्रदेशसभा सदस्य तुल्सी चौधरीले सबै समस्याको केन्द्र भनेको राजनीति भन्दै बताइन् । उनले राजनैतक लडाइँ सकिएको र आर्थिक समृद्धिको लागि अगाडि बढ्नु पर्ने बेला आएको बताइन् ।

आर्थिक समृद्धिको आधार भनेको शिक्षा भएको भन्दै नोवल एञ्जल्स र युनीसा गिरीले सानो उमेरमा नै ठूलो सफलता हासिल गरेकोमा बधाई ज्ञापन दिँदै चौधरीले सम्मान गरेकी थिइन् । अभिनन्दनको क्रममा तिलोत्तमा नगरमा रथ परिक्रमापछि नोबल इनभायरोमेन्ट एकेडेमी कोटिहवामा कार्यक्रमको आयोजना गरिएको थियो ।

नोबल इनभायरोमेन्ट एकेडेमीको कक्षा १ र २ मा अध्ययययनरत विद्यार्थीहरु विजेता युमी गुरुङ्ग, प्रकृया गुरुङ्ग र अन्सु गुरुङ्ग र साही कार्यक्रममा बेस्ट परफोमर भएका युनिसा गिरीलाई र रिसन डान्सीङ आइकनमा तेस्रो हुन सफल खुसी रानालाई पनि ट्रफी र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयय अभिभावक संघका अध्ययक्ष धर्मु गरी, विद्यालयको प्रबन्ध निर्देशक पूर्णबहादुर गुरुङ्गले शुभकामना दिएका थिए । कार्यक्रम कविता गुरुङ्गको स्वागत र स्मृति पुनको संचालनमा भएको थियो ।

  • कमलसिंह चौधरीबाट
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]