Dabali News

यी हुन् राधालाई ‘बोक्सी’ भन्दै ६ घण्टासम्म कुटपिट गर्ने ‘भोलेबाबा’

२५ फागुन

धनगढी । युवतीलाई ‘बोक्सी’ भन्दै निर्घात कुटपिट, लछारपाछर र गाली बेजती गर्ने राम बहादुर चौधरी ‘भोलेबाबा’ लाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाकी राधा चौधरीलाई गाउँले भेला गरेर विहीबार विहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म लगातार कुटपिट गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटबाट बेहोस भएकी उनको घोडाघोडी अस्पताल सुखडमा उपचार पछि थप उपचारकोलागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

कुटपिट गर्ने चौधरी उपर उजुरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय सुखडले उजुरी दर्ता गर्न नमानेपछि कैलालीका थारु पत्रकार, राष्ट्रिय मानव अधिकार आयोग, ईन्सेक, ओरेक नेपाल लगायत संघ संस्थाको पहलमा पीडकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक विनोद घिमिरेको अनुसार पीडित किशोरीका आफ्न्तले चौधरीमाथि सार्वजनिक अपराधमा उजुरी दिएको बताए ।

घिमिरेले भोलि शनिबार भएकोले आईतबार मात्रै त्यो मुद्धा दर्ता गर्ने बताउदै पीडक चौधरी माथि अनुसन्धान गरि कानुनी कार्बही अगाडी बढाउने बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]