Dabali News

मोहन खड्का र सिर्जना चेपाङको  ‘धुरुधुरु रुनु पर्लानी’ बजारमा 

२५ फागुन

काठमाडौं । गायक मोहन खड्‍का र गायीका सिर्जना चेपाङको स्वर रहेको लोक दोहोरी गीत ‘धरुधरु रुनु पर्ला नी’ म्युजिक भिडियो बजारमा अाएको छ ।

भावना म्युजिक सोलुसनको प्रस्तुतिमा रमेश रिमालाको लोकदोहोरी उक्त गीत यूट्युवमार्फत बजारमा आएको हो । मायालुले आफनो भावनालाई बुझेको भए पागल बन्नु नपर्ने कुरा गीतमार्फत ब्यक्त गरिएको छ ।

एक अर्काले आपसी रुपमा माया नबुझदा विछोडजस्तो अवस्थाको सामना गर्नुपर्ने कुरा गीतमा ब्यक्त गरिएको छ । आँशु र विछोडको अवस्थामा आपसीमा हुने मार्मिक व्यथालाई कलात्मक रुपमा भिडियोमा देखाइएको छ ।

रमेश रिमाल र अञ्जली अधिकारीद्वारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएसँगै अत्याधिक चर्चाको शिखरमा रहेको निमार्ण पक्षले जनाएको छ । राजेन्द्र खड्काको शब्द र गायक मोहन खड्काले नै गीतमा लय भरेका छन् । सुरेश श्रेष्ठले खिचेको उक्त भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् ।

भिडियो भावना म्युजिक सोलुसनले बजारमा ल्याएको हो । विछोडका मर्मिक भावहरुलाई समेटेर नेपाली लोक गित संगितको विकाशमा सहयोग पुयाउने अपेक्षाका साथ गित ल्याएको प्रस्तुतकर्ता रमेशले बताए । भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन् । उक्त गीगतको

भिडियो यूट्युवमा हेर्न सकिन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]