Dabali News

‘नेपाल अाइडल’मा जितेको कारमा चढ्‍न बुद्धले ८ लाख तिर्नुपर्ने

२५ फागुन

काठमाडौँ । सुन्दा पनि अनौठो । पुरस्कार जितेको सामानको पनि मूल्य तिर्नुपर्ने । त्यस्तै भएको छ, नेपाल आइडलमा बुद्ध लामाले जितेको पुरस्कार । पुरस्कार स्वरुप जितेको कारको मूल्यको २५ प्रतिशत रकम बुद्ध लामाले नै तिर्नुपर्ने आयोजक एपी १ टिभीले आधिकारिक रुपमै बताएको छ ।

लामाले आफूले कार चढ्न नपाएको बताएपछि एपी १ ले विज्ञप्ति निकालेरै आधिकारिक भनाई सार्वजनिक गरेको हो । उसले कार बुद्धलाई नै हस्तान्त्रण गरिसकेको दाबी गरेको छ ।

“तोकिएको सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ । पुरस्कारमा पाएको कारको साँचो उनलाई त्यतिबेलै एक समारोहका बीच बुझाइसकिएको छ र उक्त कार त्यतिबेलादेखि उनीसँगै छ” विज्ञप्तिमा भनिएको छ । उसले कारको कागजी स्वामित्व हस्तान्त्रण नगरेको पनि पुष्टि भएको छ । विज्ञप्तिमा एपी १ ले कारको स्वामित्व नाममा गर्न मूल्यको २५ प्रतिशत रकम बुद्धले आकस्मिक लाभकर तिर्नुपर्ने उल्लेख छ ।

बुद्धले पाएको महिन्द्रा केयूभी १०० कारको मूल्य करिब ३२ लाख रुपैयाँ पर्छ भने यसको २५ प्रतिशत आकस्मिक लाभकरवापत बुद्धले करिब ८ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

त्यसैगरी विजेताले पाउने म्यूजिक एल्बम बनाउन ढिलो भएको पनि टेलिभिजनले स्वीकार गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]