Dabali News

प्रभु बैंकका बागलुङ र कास्कीमा एकै दिन दुई शाखा सञ्चालनमा

२५ फागुन

काठमाडौँ । संघीय संरचनाअनुसार तीब्र रुपमा शाखा विस्तार गरिरहेको प्रभु बैंकले एकै दिन दुई शाखा विस्तार गरेको छ ।

बैंकले दिएको जानकारीअनुसार बागलुङको बरेङ्गगाउँपालिकामा १ र कास्कीजिल्लाको माछापुच्छे« गाउँपालिकामा १ मा नयाँ शाखा संचलानमा आएका हुन् । बरेङ्ग गाउँपालिकाको शाखा सोही गाउँपालिकाकी अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गरेकी हुन् ।

त्यसैगरी कास्कीको छापुच्छ्रे गाउँपालिकाको शाखा सोही गाउँपालिका उपाध्यक्ष सुष्माकुमारी दबाडीले उद्घाटन गरेका छन् ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक पार्टीका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघकापदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नयाँ शाखाबाट शुक्रबारदेखि नै स्थानीयतहका सेवाग्राही, सर्व साधारणहरु, फर्म, कम्पनीतथा संघसंस्थाहरुले बैंकको गुणस्तरीय सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ । दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]