Dabali News

भूकम्प प्रभावित ५० हजार घर पुनः निर्माण गर्न भारत सरकारले सहयोग गर्ने

२४ फागुन

काठमाडौँ । भारत सरकारले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनः निर्माणका लागि सहयोग गर्ने भएको छ ।

पुनः निर्माण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी र परियोजना सेवाका लागि संयुक्त राष्ट्रसंघ कार्यालय युएनओपीएसबीच बिहीबार साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सहयोग सम्झौता अन्तर्गत संयुक्त राष्ट्रसंघीय एजेन्सीलाई गोरखा र नुवाकोटमा सुरक्षित पुनः निर्माणका लागि झन्डै १ अर्ब ६२ करोड १६.२ मिलियन डलर अनुदान गर्ने छ ।

युएनडीपी र युएनओपीएससँगको साझेदारीमा गोरखामा २६ हजार ९१२ भूकम्पपीडित घरधनी र नुवाकोटमा २३ हजार ८८ भूकम्प पीडित घरधनीलाई सामाजिक प्राविधिक सहजीकरण अन्तर्गत क्रमशः प्रदान गर्ने छ ।

सामाजिक प्राविधिक समूहले नेपाल सरकारले भूकम्पपीडितका लागि सहयोग गर्न निर्धारण गरेको मापदन्ड बमोजिम भूकम्पपीडित घरधनीका घर पुनःनिर्माणमा सहयोग गर्ने छन् ।

निरीक्षण र प्रमाणीकरणको प्रक्रिया मार्फत निर्माणका साथै घर अनुदानका अंशमा घरधनीलाई योग्य बनाउन र पहुँच र्पुयाउन मार्ग दर्शक गर्ने बताइएको छ ।

साझेदारी सम्झौतामा नेपालस्थित भारतीय राजदूतावास नियोगका उपप्रमुख डा. अजय कुमार, युएनडीपीका देशीय प्रमुख रेनौड मेयेर, युएनओपीएस एसिया क्षेत्रका क्षेत्रीय निर्देशक सञ्जय माथुरले हस्ताक्षर गरेका हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]