Dabali News

उत्तर कोरिया र अमेरिकालाई वार्ता गर्न चीनको आग्रह

२४ फागुन

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरिया र अमेरिकालाई वार्ता गर्न आग्रह गरेका छन् ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले सो आग्रह गरेका हुन् । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उनले भने, २ देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुने छ ।

विदेशमन्त्री यीले उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रमका बारेमा पनि दुई देशले वार्तागरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिँदै आएका छन् ।

दक्षिण कोरियाका दुई जना विशेषदूत संयुक्त राज्य अमेरिका प्रस्थान गरेलगत्तै यता चिनियाँ विदेशमन्त्रीको प्रतिक्रिया आएको छ यो आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उत्तर कोरियाको भ्रमणबाट फर्किएका २ जना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गरेका हुन् ।

राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र अर्का एकजना दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख बिहीबार अमेरिकाका लागि प्रस्थान गरेका हुन् ।

संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]