Dabali News

विश्वकप क्रिकेट छनोटमा नेपालको कमजोर ब्याटिङ

२४ फागुन

काठमाडौं । जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा स्कटल्यान्डसँग भिडिरहेको नेपालले अत्यन्तै खराब ब्याटिङ गरिरहेको छ ।

नेपालले १४ रन जोडदा ४ विकेट गुमाइसकेको छ । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रसिंह ऐरी १ र चौथौं नम्बरमा आएका सरद भेषावकर ० रनमा पेवेलियन फर्किएका छन् ।

नेपालले २ जना ओपनरलाई सस्तैमा गुमाएको थियो । ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १ र अर्का ओपनिङ ब्याटसम्यान दिलिप नाथ ब्याक्तिगत ४ रन जोडदै आउट भएका छन् ।

ताजा अवस्थामा नेपालले ६ ओभरमा ४ विकेट गुमाई २३ रन बनाएको छ । अहिले क्रिजमा कप्तान पारस खड्का र आरिफ शेख खेलिरहेका छन् ।

सुपरसिक्सको लक्ष्यका साथ आइसिसी विश्वकप छनोटमा होमिएको नेपाल स्कटल्यान्डको सामना गर्नुपर्ने छ ।

समूहको पहिलो खेलमा आयोजक जिम्बाब्वेलाई १ सय १६ रनको फराकिलो नतिजा सुम्पिएको नेपाललाई अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न पनि क्विन्स स्पार्टस क्लबमा स्टकल्यान्ड विरुद्धको खेल जित्ने दबाब छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]