Dabali News

सिरियामा रुसी सेनाको दोस्रो विमान दुर्घटना, चालक दलसहित २९ सैनिकको मृत्यु

२३ फागुन

काठमाडौं । सिरियामा फेरि रुसी सेनाको विमान दुर्घटना भएको छ । बुधबार भएको दुर्घटनामा परी चालक दलका ६ सदस्यसहित ३९ सैनिकको मृत्यु भएको  छ ।

पश्चिमी सिरियास्थित रुसी पक्षले प्रयोग गर्दै आएको तटीय शहर लाताकिया नजिकै हेमिमिममा हवाई मैदानमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो ।

विमान धावनमार्गभन्दा ५ सय मिटर अगाडि जमिनमा धसिएको बताइएको छ । प्राविधिक त्रुटीका कारण विमान दुर्घटना भएको हुनसक्ने बताइएको छ । रुसी रक्षा मन्त्रालयले विमान दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने जनाएको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु हुने सैनिकप्रति समवेदना प्रकट गरेका छन् । सिरियामा गत फेब्रअरी ३ मा पनि बिमान दुर्घटना भएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]