Dabali News

रविन्सलाई मिलन कार्कीले गरिन् ७५ हजार सहयोग

२३ फागुन

सुर्खेत । समाज सेवामा सक्रिय मिलन कार्कीले कालिकोटका एक बालकको उपचारको लागि ७५ हजार रुपैयाँ सहयोग गरेकी छन् ।

लामो समयदेखि विरामी परेका कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-९ का अाइते बुढाका छोरा रविन्सको उपचारको लागि कार्कीले सहयोग गरेकी हुन् । अार्थिक अभावकै कारण अाइते बुढाले सुविधा सम्पन्‍न अस्पतालमा छोराको उपचार गर्न सकेका छैन । उनले केही दिन भारतका काम गरेर छोराका उपचार गरिरहेका छन् ।

सुर्खेतस्थित बसापर्कको एक होटलमा खाना खाएको रुपैयाँ समेत तिर्न नसकेको जानकारी पाएपछि कार्कीले अार्थिक सहयोग गरेकी थिइन् । सहयोगले अाफू निकै खुशी भएको र छोराले नयाँ जीवन पाउनेमा अाशा पलाएको अाइतेले बताए । ”सुर्खेतमा धेरै दुःख पाइयो, अहिले समाजसेवी नानीले सहयोग गरेकी छन् । यो मेरो लागि जीवनको सबैभन्दा ठूलो सहयोग हो । अब छोराले नयाँ जीवन पाउने अाशा पलाएको छ” अाइते बुढाले भने ।

नसा सम्बन्धि रोगले रविन्सका हातका पाचैं औंलाहरु क्रमस सुक्दै गएपछि थला परेका थिए । पाँच महिनादेखि बायाँ हातका सबै औलाहरु सुक्दै गएका थिए तर उपचारपछि सुधार भएको छ । सुरुमा चिकित्सकहरुले औलाहरु काटेर फाल्ने पर्ने बताएका थिएपनि अहिले सुधार भएको समाजसेवी कार्कीले जानकारी दिइन् । रविन्सका औलाकोे अप्रेशन गर्नुपर्ने चिकित्सकले बताएको कार्कीको जानकारी दिइन् ।

समाजसेवी कार्कीकै पहलमा केहि महिना अगाडि सोही गाउँपालिकाका ब्लड क्यानसरबाट पीडित ११ वर्षिय हेमराज गिरीको उपचारको  सफल उपचार भएको थियो । अहिले हेमराज स्वस्थ रहेको दाजु नवराज गिरीले बताए ।

दुबै बच्चाको आमा छैनन् । उपचारसँगै दुबै बच्चाको पढाइको लागि पनि समाजसेवी कार्की र गिरीले पहल गरिरहेका छन् । सहयोगको लागि कार्कीले सबैसँग अाग्रह समेत गरेकी छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]