Dabali News

अाँखा शिविरमा १०१ जनाकाे नि:शुल्क अपरेसन

२३ फागुन

कपिलवस्तु । कृष्णनगर ल्यान्स क्लवले चार हजार भन्दा बढीको अाँखाका विरामीको उपचार गरेको छ । क्लवले २५ पटक शिविर राखेर अाँखा विरामीको उपचार गरेको हो । विभिन्‍न मितिमा अायोजना गरेको शिविरमा चार हजार भन्दा बढी मनिसहरूलाई राहत पुगेको छ ।

कृष्णनगर ल्यान्स क्लाब तथा लुम्बिनी अाईइन्सियुट श्री रण अम्बिका शाह अाँखा अस्पताल शाखा कृष्णनगरकाे संयुक्त सहयाेगमा १ दिने नि:शुल्क लेन्ससहित माेतियाबिन्‍दु अाँखा अापरेशन स्क्रीनिङ्ग‍ शिविर संचालन गरिएकाे दिनेशचन्द्र गुप्ताले जनकारी गराएका छन् ।

शिविर संचालन गर्ने मुख्य उद्देश्य गरिव,विपन्नहरूलाई सहयाेग पुर्याउनाकाे लागि ल्यान्स क्लब कृष्णनगरले लगातार २५ पटकदेखि कृष्णनगर उद्योग वाणिज्य संघकाे सभा हालमा शिविर संचालन गर्दै अाएकाे गुप्ताले जानकारी दिए । अाँखा सम्बन्धी एक सय जनाकाे टारगेट लिएरा संचालन गरिएकाे उक्त कर्याक्रममा १०१ जनाकाे अप्रेशन हुने भएकाे छ ।

फागुन २१ गते नि:शुल्क अाँखा चेकजाचपछि २२ गतेदेखि प्रतेक दिन २० जनाकाे अाप्रेशन हुने गरि ५ दिनसम्मा याे कार्यक्रम चन्ले गुप्ताले जनाएका छन् ।

कार्यक्रम सफल पर्नाका लागि काेकिला देवी, प्रभात भण्डारी, गणेश लाल कर्ण, अशाेका कर्ण, टिकाबहादुर कुँवर,नसरूल्ला खान,गाेपालबहादुर सिंह, श्याम मिश्रालगायतको सहभागिता तथा सहयाेग रहेकाे गुप्ताले जानकारी गराएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]