Dabali News

बजेट अभावले पुल निर्माणको काम ८ माहिनादेखि ठप्प

२२ फागुन

नेपालगन्ज । बाँकेको राप्तीसोनारी ४ बैजापुरस्थित मोरङ्गा खोलाको निर्माणाधिन पुल विगत ८ महिनादेखी ठप्प रहेको छ ।

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरू गरेको सपना मित्र संजिवनी गाल्वा जोभी नामक ठेकेदार कम्पनीले चालु आर्थिक वर्षको सुरूवात देखी काम रोकेको हो ।

गत आर्थिक वर्षबाट निर्माण सुरु भएको पुल निर्माणको काम ठप्प भएपछि जनप्रतिनिधि र स्थानीय बासिन्दाले जिल्ला प्रशासन, सडक डिभिजन लगायत विभिन्न निकाय धाइरहेका छन् । स्थानीय बासिन्दा एंव पूर्व सभासद पट्टु थारुले पुल निर्माणको काम ठप्प हुँदा तोकिएको समयभित्र निर्माण सम्पन्न हुन नसक्ने बताए ।

बाँके र बर्दियामा निर्माणाधिन झण्डै १ दर्जन बढी पुलको हालत उस्तै छ । बहुवर्षे योजना अन्तर्गत रहेका अधिकांश पुल निर्माणको कामलाई ठेकेदारले तोकिएको समयभित्र सम्पन्न गर्नेमा सडक डिभिजन कार्यालयका अधिकारी समेत ढुक्क नरहेको बताईन्छ ।

सडक डिभिजन कार्यालयले राजमार्ग र सहायक राजमार्गमा ३२० शिर्षकका रणनीतिक पुल तथा त्यसभन्दा बाहिर स्थानीय सडक पुल निर्माण गर्दै आएको छ । ठेकेदारको ढिलासुस्ती, बजेट अभाव लगायत विविध कारणले गर्दा अधिकांस पुल निर्माणको काम समयमा सम्पन्न गर्न कठिनाई भइरहेको सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।

मोरङ्गा खोलासहित बाँकेको डुडुवा खोल र नरैनापुर गाउँपालिकामा ३–३, बर्दियाको अम्बासामा २, राजापुर, अस्नेरी खोला र किरण नालामा १–१ वटा पुल निर्माणाधिन अवस्थामा छ । बर्दियाको राजापुरमा एउटा पुलको निर्माण कार्य अझै सुरु भएको छैन ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]