Dabali News

अग्नि नियन्त्रकलाई एड्भान्स तालीम

२२ फागुन

काठमाडौँ । प्रदेश नं.५ र कर्णाली प्रदेशका अग्नि नियन्त्रक र दमकल चालकका लागि उच्च तहको तालीम आयोजना गरिएको छ ।

१० दिने तालीममा एड्भान्स फायर फाइटिङ, उद्धार, हजमत ह्याण्डिङ सम्बन्धी ज्ञान, दमकलको परिचालन, चुनौती, अग्नि नियन्त्रण, केमिकलबाट हुने आगलागी नियन्त्रण, मानव उद्धार, होज, पम्प, ल्याडरको प्रयोग, व्यक्ति सुरक्षा, सामग्रीको सही प्रयोगलगायत विषयमा तालीम दिइको छ  ।

प्रशिक्षक एवं जुद्ध वारुण यन्त्रका पूर्व प्रमुख किशोर कुमार भट्टराईका अनुसार, सहभागीलाई अन्तक्र्रियात्मक, प्रदर्शन, परिदृश्य र प्रयोगात्मक रुपमा समेत सिकाईने छ । तालीममा बाँके, बर्दिया, सुर्खेत, दाङ र दैलखका उपमहानगरपालिका र नगरपालिकाका अग्नि नियन्त्रक र दमकल चालक गरी २५ जनाको सहभागिता छ ।

नेपालगञ्ज उपमहानगर पालिकाका प्रमुख डा धवलशम्शेर राणाले तालीमको उद्घाटन गर्दै आगलागीबाट जनधनको क्षति हुनबाट जोगाउन दमकलकर्मीलाई अनुशासित भएर भूमिका निर्वाह गर्न आग्रह गरे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]