Dabali News

अमेरिकामा फेला परेका मुर्ति नेपाललाई फिर्ता

२२ फागुन

काठमाडौं । नेपालबाट हराएका उमा महेश्वर र भगवान बुद्धको पूर्णकदको मुर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयमा फेला परेको छ ।

उक्त मुर्ति नेपाल सरकारलाई हस्तान्तरण गर्नका लागि मेट्रोपोलिटन कला संग्रहालयले एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारी पत्रमा न्युयोर्क स्थित कन्सुलर जनरल मधुकुमार मरासिनी र संग्रहालयका अध्यक्ष डेनियल एच विसबीच हस्ताक्षर भएको हो ।

मुर्तिहरूमध्ये टंगालहिटी,पाटनमा रहेको उमा महेश्वरको मुर्ति बाहृौँ देखि तेहौं शताब्दीमा बनेको विश्वास छ । संग्रहालयले मुर्ति फिर्ता गर्नका लागि सहयोग र्पुयाएकोमा धन्यवाद दिएका छन् ।

भन्सार तथा कार्गाे सम्बन्धि सम्पूर्ण प्रकृयाहरू पुरा गराई सन् २०१८ अप्रिल भित्र मुर्तिहरू नेपाललाई फिर्ता गराइने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]