Dabali News

युएई सिरिज जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइसीसीको वरियतामा समावेश

२२ माघ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को वरियतामा समावेश भएको छ ।

युएईविरुद्धको ३ एक दिवसीय र ३ टी-२० सिरिज जितेपछि नेपाली टोलीलाई आइसीसीले वरियतामा समावेश गरेको हो ।

समावेश गरेको वरियतामा नेपाल १४ औं स्थानमा छ । नेपालले ७ खेलमा ३ सय ३ अंक र ४३ रेटिङ पाएको छ । वरियतामा युएई, हङकङ, ओमान र आयरल्याण्ड भन्दा नेपाल आगाडी रहेको छ ।

सन् २०१४ को टी-२० विश्वकप खेलेपछि नेपाल पहिलो पटक टी-२० वरियतामा प्रवेश पाएको थियो । त्यो बेला आइसीसीले नेपाललाई १५ औं स्थानमा समावेश गरेको थियो तर, २०१५ मा विश्वकप छनोटमा खराब प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि नेपालको टी-२० वरियता खोसिएको थियो ।

वरियताको पहिलो स्थानमा पाकिस्तान रहेको छ । त्यस्तै भारत, दक्षिण अफ्रिका, इङ्ल्याण्ड अष्ट्रेलिया क्रमश दोस्रो तेस्रो, चौंथो र पाँचौं स्थानमा रहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]