आज :

विप्लव-प्रकाण्डसहित १६ नेतालाई अदालतले दियो सफाई, बास्तोलाको मुद्दा तामेलीमा

भोजपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित १६ नेतालाई अदालतले सफाई दिएको छ । ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थ सम्बन्धी मुद्दामाथि सुनुवाई गर्दै भोजपुर जिल्ला अदालतले बसह गर्दै उनीहरुलाई सफाई दिएको हो ।

जिल्ला अदालत भोजपुरले सोमवार हैसला गर्दै नेकपा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिट्ब्यूरो सदस्य पदम राईलगायत १६ जनालाई सफाई दिएको छ । भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिसचन्द्र इङ्नामको एकल इजलासले उनीहरुलाई सफाइ दिएको हो ।

महासचिव विप्लव र प्रवत्ता प्रकाण्ड, स्थाइ कमिटी सदस्य धर्मेन्द्र बस्तोला पोलिट्ब्युरो सद्स्य पदम राई बिकास लगायत २० जना नेता बिरुद्ध ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थ कसुरमा मुद्दा चलाइएको थियो ।

सोही मुद्दामा नेकपाका स्थाई समिति सदस्य धर्मेन्द्र बास्तोला र अर्का नेता तथा किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन राईको वतन नखुलेको भन्दै तामेलीमा राखिएको छ भने दुई नेतालाई जनही ४० हजार जरिवाना गर्ने फैसला अदालतले गरेको छ ।

यसअघि यहि मुद्धामा नेकपा प्रवक्ता प्रकाण्ड सहितका नेताहरुलाई पक्राउ गरि भोजपुर पुर्याईएको थियो । तर सर्वोच्च अदालतले निर्दोश रहेको भन्दै रिहा गर्न आदेश दिएपछि रिहा भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal