Dabali News

भेनेजुएला संकटबाट नेपालमा परेका बाछिटा

बोलिभियन क्रान्तिको आगोले जन्माएको ह्युगो चाभेज साउथ अमेरिकामा नजन्मेका भए अमेरिकी साम्राज्यवादीहरू ल्यटिन अमेरिकी महादेशमा सायद सैनिक परेड खेलिरहेका हुन्थे होला । सन् १९९९ मा जब ह्युगो चाभेज भेनेजुएलामा यूनाइटेड सोसिलिस्ट पार्टीकोतर्फबाट राष्ट्रपतिको उमेद्वार हुँदै सत्तावान भए । चाभेजले नेतृत्व समालेपछि भेनेजुएलाले सबैलाई चकित पार्दै छोटै समयमा ठूलो आर्थिक क्रान्तिको फड्को मार्‍यो । यो कसैले सोँचेको पनि थिएन होला ।

भेनेजुएला बिश्वको सबैभन्दा धेरै कच्चा तेलको भण्डार भएको मुलुक हो । सन् २०१७ को एउटा तथ्यांकअनुसार ३ खर्ब ९० करोड ब्यारेल बराबर तेल भण्डार छ, १९३.३ ट्रिलियन क्यूविक फ़िट ग्यास भण्डार छ । प्रकृतिको अनुपम बरदानले भरिएको भेनेजुएला जब चाभेजले शासन सत्ता आफ्नो हातमा लिए त्यसपछि भेनेजुएली जनताको जीवनस्तरमा आमूले परिवर्तन देखिन थाल्यो । उनले समाजवादी मोडेलमा सत्ता संचालन गर्न थाले । चाभेजले बिशेष गरेर नीजिभन्दा सरकारी क्षेत्रलाइ बलियो बनाउन थाले । राज्यले स्वास्थ्य, शिक्षा र रोजगारमा उल्लेख्य मात्रामा लगानी गर्दै समाजवादी बाटो तय गर्‍यो । चाभेजकै अग्रसरतामा ल्याटिन अमेरिकी र क्यारेबियन संगठन (सिलाक), हाम्रो अमेरिकी जनताको बोलिभाराली मोर्चा (अल्वा) र दक्षिण अमेरिकी संघ (यूनासुर) जस्ता संस्था स्थापना भए । यसबाट एउटा नयॉ जनवादी साम्यावादी देशको उदय हुन थाल्यो ।

हालको संकट के हो ?

माथि उल्लेखित भएका दक्षिण ल्याटिन अमेरिकी देशहरुबीच बनेका क्षेत्रिय संगठन र चाभेजको साम्यावादी मार्ग अमेरिका र यूरोपियन यूनियनले खतारा हुने महसूस गर्न थाले । भेनेजुएला अमेरिकी महाद्वीपमा कम्युनिष्ट समाजवाद हुँदै सम्वादको दिशामा अघि बढेपछि अमेरिकाले उसका सहयोगीहरुले खतराको पासों देख्न थाले । अमेरिकाले आफ्नो सम्पूर्ण आयस्रोत सैनिक शक्तिमा गुमाउँदै गरेको ।  अमेरिकाले भेनेजुएलाको तेल र ग्यास भण्डारमा कुदृष्टि लगाउन थाल्यो । त्यो मिसनलाई सफल पार्न कम्युनिस्ट सरकार फाल्ने र आफू अनुकुल कठपुतली सरकार बनाउने अमेरिकी योजना अगाडि बढेपछि अहिलेको संकट देखा परेको हो ।

सन् २०१३ मा चाभेजको मृत्यु पश्चात हालका राष्ट्रपति निकोलस मादुरो राष्ट्रपति बनेसँगै अमेरिकाले बिभिन्न बाहनामा भेनेजुएलालाई नाकाबन्दी गर्न सुरु गर्यो । बिश्व बजारमा तेलको मूल्यमा गिरावट आयो । भेनेजुएलाको ९५ प्रतिशत अर्थतन्त्र तेलमा भर परेकोले आर्थिक संकट देखिन थाल्यो । यो संकटबाट पार पाउन मादुरोले डिसेम्बर २०१८ मा रसियासँग ६ बिलियन डलरको इनभेष्टमेन्ट डिल गरे र चाइना पनि बिलियन डलर भेनेजुएलामा लगानी गर्न तयार भयो ।

रुस र चीनले भेनेजुएलालाई साथ दिएपछि अमेरिकाले आफ्नो मिसन पूरा नहुने देख्यो । उसले सानो संख्यमा रहेका बिपक्षीलाई बिलियन डलर दिएर आन्दोलनको मोर्चा खडा गरेको छ । हाल बिपक्षी नेता जुवान गुइदोलो एउटा सभामा आफूलाई अन्तरिम राष्ट्रपतिको रुपमा घोषणा गरे । त्यसलगत्तै अमेरिकाले मान्यता दिएको घोषणा गर्‍यो । योसँगै यूरोपेली यूनियनलगायतका देशहरुले पनि समर्थन दिएको वक्तयबाजी गरे । योसँगै रसिया र चीनलगायत समाजवादी शिविरका देशले राष्ट्रपति मादुरोनै भेनेजुएलाको आधिकारिक राष्ट्रपति भएको भने ।

नेपालमा बाछिटा 

नेपाल भू-राजनीतिक सामरिक हिसाबले निकै महत्वपूर्ण छ । किनकी पछिल्ला तीन दशकमा चीनले जुन गतिमा आर्थिक क्रान्तिसँगै बिश्व बजारमा ६०-७० प्रतिशतमा आफ्नो पकड कायम गर्दैछ । पूरै बिश्व बजारमा चिनियाँ सामान छ । स्वभाविक रुपमा आर्थिक महाशक्ति देशनै सम्पूर्ण कुरामा महाशक्तिको रुपमा उदाउँछ । हाल अमेरिकाका सम्पूर्ण उत्पादन क्षेत्र धिमा गतिमा छन् र उसको पूरै ख़र्च सैनिक र युद्धमा खेर गइरहेको छ । अमेरिका र उसका सहयोगीहरुले छिट्टै बिश्व महाशक्ति पूर्वतिर सिफ्ट हुँदैछ भन्ने बारेमा जानकार छन् । त्यसलाई रोक्ने योजना बुनिरहेका छन् । युद्ध बिना चीनलाई विश्वमहाक्ति हुनबाट रोक्न नसकिने निष्कर्षमा उनीहरुको ठहर छ । कुनै न कुनै रुपमा चीनलाई युद्धमा धकेल्ने योजनामा अमेरिका र उसका सहयोगीहरु लागिपरेका छन् । उनीहरुले पहिलो निशाना तिब्बतलाई बनाएका छन् । अमेरिकाले औपचारिक रुपमै तिब्बतीहरुलाई सहयोग गर्ने निर्णय गरेको छ ।

तिब्बती शरणार्थीलाई सेल्टर दिन नेपालीभूमीलाई उपयुक्त अमेरिकाले ठानेको छ । त्यसको लागि नेपालका परराष्ट्रमन्त्रीसँग पनि छलफल भएको बताइएको छ । भलै नेपालले एक चीनको नीतिबाट अलग भएको छैन । नेपालीभूमीमा विभिन्‍न बहानामा बहुराष्ट्रीय सेना उतार्ने षड्यन्त्र नभएको पनि होइन । त्यसको लागि नेपालमा आन्तरिक राजनीतिमा अस्थिरता निम्त्याउनु पहिलो काम हो । अहिले पनि पश्चिमाहरु नेपालको आन्तरिक मामलामा अप्रत्यक्ष रुपमा गरिरहेका छन् । भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपविरुद्ध (नेकपा)का अध्यक्ष प्रचण्डले निकालेको विज्ञप्ति र पछि आन्तरिक मामलामा हस्तक्षेप गर्न नहुने आशयको धारणाले झन् त्यो प्रष्टै देखिएको छ ।

प्रचण्डले अमेरिकाविरुद्ध र त्यसपछि काँग्रेसले समर्थनमा विज्ञप्ति निकाल्यो । यी दुबै विज्ञप्ति प्लानिङ्गमा आएका छन् । बक्तब्य फरक देखिय पनि डीएनए एउटै हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]