Dabali News

दोस्रो नेपाल आईडल चैतमा शुरु हुने

२१ फागुन

काठमाडौँ । सुवास संकल्प, ईटहरी र अन्तर्राष्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो नेपाल आईडल पहिलो सिजनको सफलतापछि यसको दोस्रो सिजन गर्ने भएको छ ।

केही समय अघि दोस्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले भर्खरै अडिसन मिति र स्थान पनि सार्बजनिक गरेको हो ।

देशका कुना कन्दरामा बसेरा आफ्नो गायन कलालाई तिखार्दै बसेकाहरुको लागि ठूलो अवसर र स्थान बनेर आएको पहिलो सिजनमा देशभरको ७ मुख्य सहरबाट उत्कृष्ट स्वर भएकाहरूले मौका पाएका थिए ।

दोश्रो सिजनमा देशभरका ६ शहरबाट स्वरहरु छानिने छ । नेपाल आईडलको पहिलो सिजनले सुरुवात देखि, सुखद समापन समेत गर्न पाएन । दोस्रो सिजनले कस्तो उपलब्धि हासिल गर्ने हो खुल्दुली छ ।

आउदो चैतबाट दोस्रो अडिसन हुनेछ नेपाल आईडलको दोस्रो सिजनलाई पनि पछिल्लो समय निकै लोकप्रिय क्यामेरा फोन ओप्पोले नै मुख्य प्रायोजन गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]