Dabali News

राजनीति गर्न चप्‍पल लगाएर काठमाडौं छिरेका तिमीहरु कसरी घर मालिक भयौं ? अब चिहान बास हुनेछ

कालो मनि, मसल अनि मेडियाको अन्धधुन्द प्रयोग गरेर तिमीहरुले चुनाव जित्यौं । एक्लै जनताको अगाडि जान डरायौं त्यसैले गठवन्धन बनायौं । राष्ट्रवादी र भ्रष्टाचार विरोधी सानादलहरुले चुनाव जित्लान अनि नेपालको राजनीतिमा आफनो एकाधिकार अन्त्य होला भनेर साना दलहरुको चुनाव चिन्ह खोस्यौं तिमीहरुले । अहिलेको राजनीतिको म्यूजिकल चेयरका खेलाडी तिमीहरु तल भनिएका कुनैपनि कामहरु गर्न सत्तैmनौं भन्ने कुरा त्यो घाम जत्तिकै छर्लंग छ ।

१. भारतले लगातार अनियन्त्रित तरिकाबाट नेपाली सीमा मिचेको छ । अन्तर्राष्ट्रिय कानून विपरित दशगजा क्षेत्रमा निर्माण कार्य संचालन गरी नेपाली भूमीलाई जलमग्न बनाएको छ । सीमा नाघेर वारी आई निर्दोष नेपाली जनतालाई मारेको छ । मातृभूमीको यत्रो बलत्कार हुँदा तिमीहरु ‘चु’सम्म गर्देनौं भने तिमीहरु को हौं ? नेपाललाई सिक्किम बनाउन राजनीति गरेको होइनौं भन्ने तिमीहरुसँग केही प्रमाण छ ?

अन्तर्राष्ट्रिय कानून, नेपालको संविधान र २१ औं शताब्दीमा उपनिवेष राख्न नपाउने अन्तर्राष्ट्रिय महासन्धी अनुरुप टिष्टा कागडा क्षेत्र नेपालको हो भन्ने आँट छ तिमीहरुसँग ? छ भने मदन भण्डारी जस्तो बोलेर देखाउ, होइन भने अब तिमीहरुको चिहान हामी खन्छौं । तयार भएर बस तिमीहरु विरुद्धको युद्ध जारी छ ।

२. तिमीहरु हिजो चप्पल लगाएर भिखारी पाराले काठमाडौं छिरेका हौं । तिमीहरुको आर्थिक हैसियत कस्तो थियो त्यस्को नालीबेली हामीले राखेका छौं । कमिसनखोर र भ्रष्ट राजनीति गरेर तिमीहरुले काठमाडौंमा अरवौंको सम्पत्ती जोडेका छौं । त्यस्को पनि हामीसँग राम्रो लेखा जोखा छ । हिजो इराकमा १० जना नेपाली मारिदा म्यान पावर कम्पनीका हेडक्वाटर ध्वस्त भएका थिए ।

सम्पत्तीको स्रोत देखाउन सकेनौं भने अब जनताले ध्वस्त गर्ने भनेको तिमीहरुको सम्पत्ती हो । यो पनि जानी राख्दा राम्रो होला । तिमीहरुको प्रयास काला धनलाई सेतो बनाउने हुनेछ । चोरको खुट्टा काट भन्दा तिमीहरु आफनो खुट्टा थुतिरहेको नेपाली जनता सधै टुलुटुलु हेरेर बस्ने छैनन् । संविधानसँगै राजनीतिक मुद्धाले निकाश पाएको छ अब लड्ने बनेको तिमीहरुले गरिराखेको भ्रष्टाचारको विरुद्ध हो ।

३. बिना राष्ट्रघातको अन्त्य, बिना भ्रष्टाचारको अन्त्य, बिना सुशासन देशको आर्थिक बिकाशले छलाङ मार्न सक्दैन भन्ने कुरा मेलम्ची आयोजना सकिन २५ वर्ष लागेको तथ्यले उजागर गरेको छ । तिमीहरु कति असक्षम छौं भन्ने ज्वलन्त उदारहण पनि हो मेलम्ची । कमिशन खोरमा पल्केर धन कमाउन सिपालु भएका तिमीहरुले चुनाव ताका जनता समक्ष हावाका सपनाहरु बाढेका छौं ।

अब त्यसलाई यर्थाथमा बदल्न तिमीहरुको बृताले भ्याउदैन, अनि भनेको तिमीहरुले आफुलाई जनताको अगाडि चरिनंगा बनेर देखाउने हो । त्यसेला त्यो नाङ्गो शरिरमा कोर्रा बर्साउन हामीले आफु र नेपाली जनतालाई तिखारदैछौं । तयार हुनु अब अन्तिम लडाइँको लागि ।

४. विकाश त्यहा हुन्छ, जहाँ राम्रा मान्छे हाम्रा हुन्छन् । तिमीहरु त हाम्रा मान्छे राम्रा हुने कुरामा विश्वाश गर्छौ । समानुपातिकमा आफ्नै स्वास्नी, साली, बुहारीहरुलाई सांसद बनाएको नेपाली जनताहरुले देखि राखेका छन् । अब मन्त्री पनि तिनै बन्ने हुन जोसँग काम गर्ने अनुभव, दक्षता र सीपको खडेरी छ । यो जहानीया गणतन्त्र कुनै दिन जहानिया शाहीतन्त्रभन्दा झनै खतरनाक रहेछ भनेर जव नेपाली जनताले वुझने छन त्यतिखेर दक्षिण तिर भागेर ज्यू, ज्यान अनि सम्पत्ती जोगाउनसम्म सक्नेछैनौं तिमीहरुले ।

होस् गर तिमीहरुको चिहान खन्न हामी फेरी उठ्दैछौं । हाम्रो अन्तिम युद्ध जारी छ । चौथो क्रान्ति सम्पन्न हुँदा तिमीहरुको चिहानको बास हुनेछ । (विजनेशपाटीबाट)

  • ढकाल समाजसेवी हुन् ।
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]