Dabali News

देशकै पहिलो सूचना प्रविधि केन्द्र साँफेबगरमा

२० फागुन

काठमाडौँ । देशकै स्थानीय तहको नमूनाका रुपमा साँफेबगर नगरपालिकाको सूचना प्रविधि केन्द्र उदघाटन गरिएको छ ।

सेवाप्रवाहको वारेमा जनतालाई जानकारी दिनका लागि सूचना प्रविधि केन्दको स्थापना गरिएको हो । देशका ६ वटा जिल्लाका १२ वटा स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना गरिदै छ । स्थानीय तहमध्ये साँफेबगरमा देशकै पहिलो सूचना प्रविधि केन्द्रको स्थापना गरिएको हो ।

सरकारी निकायका काम कारवाहीलाई चुस्त, दुरुस्त र प्रविधियुक्त बनाउनको लागि साँफेबगर नगरपालिकाको सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।

नागरिक निगरानी र खबरदारीका लागि सूचना केन्द्रको महत्वपूर्ण भूमिका रहने समेत प्रदेश सदस्य कुँवरले बताए । सार्वजनिक निकायलाई जिम्मेवार र उत्तरदायी बनाउँदै जनतामा सहज पहुँच पु¥याउनको लागि सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सूचनाको हकसम्बन्धी व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सके सार्वजनिक निकायको पारदर्शिता र उत्तरदायित्व संस्थागत भई सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]