Dabali News

शैक्षिक हड्‍ताललाई पुर्नगठित अखिल क्रान्तिकारीको समर्थन (विज्ञप्तिसहित)

२० फागुन

काठमाडौं । हालै पुर्नगठन भएको अनेरास्ववियु (क्रान्तिकारी) अाम शैक्षिक हड्‍ताललाईँ नैतिक समर्थन गरेको छ ।

नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीको नेतृत्वमा पुर्नगठन भएको माओवादी केन्द्र निटक अखिल क्रान्तिकारीले अाजको शैक्षिक बन्दको सर्मथन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले संगठनका महासचिव  महासचिव दिपेन्द्र चलाउनेसहित देशभरबाट गिरफ्तार नेता-कार्यकर्ताको रिहाईको माग गर्दै एक दिने अाम शैक्षिक संस्था हड्‍तालको घोषणा गरेको थियो ।

‘शान्तिपूर्ण तरिकाले कायँक्रम गर्दा गर्दै पनि राज्यले गैर न्यायीक तरिकाले समातेर थुनामुक्त नगरेको प्रति हाम्रो संगठन घोर भत्सर्ना गर्दै आम शैक्षिक हड्‍तालको नैतिक रूपमा समर्थन गर्दछ ‘ संयोजक अालोक रायमाझीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले महासचिव चलाउनेसहित गिरफ्तार नेता-कार्यकर्ताको रिहाईको माग समेत गरेका छन् ।

संयोजक रायमाझीले विद्यार्थी नेताहरुलाई गिरफ्तार गरेर सरकारले कानुनी राज्यको खिल्ली उडाएको बताएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]