Dabali News

भोलि शैक्षिक हड्‍ताल, अखिल क्रान्तिकारीले गर्‍यो यस्तो अाग्रह

१९ फागुन

काठमाडौं। नेरास्वविययु (क्रान्तिकारी) भोलि (अाइतबार) शैक्षिक संस्था बन्द गर्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर नेता-कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्‍तालको घोषणा गरेको हो ।

यसअघि संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाइको माग गरेका थिए । सिंहले सम्मेलनको तयारीमा रहेका नेता-कार्यकर्ता विना कारण गिरफ्तार गरेको भन्दै शैक्षिक हड्‍ताल गर्ने चेतावनी दिएका थिए ।

सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेको छ । त्यसैले पूर्व घोषित शैक्षिक हड्‍ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

“सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुको दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ । गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नु भएका संगठनका महासचिवलगयात सबै कमरेडहरुको विना शर्त यथाशिघ्र रिहाई गर्न जाडदार माग गर्दछौं । आमज विद्यार्थीको राजनीतिक र शैक्षिक अधिकार सुनिश्चितताको लागि संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ” अध्यक्ष सिंहले जारी विज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिकारीले फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रियासहित २० गते आम शैक्षिक हड्ताल घोषणा गरेको थियो ।

भोलि शैक्षिक संस्था बन्द गरेर अाफ्नो अान्दोलनलाई सहयोग गर्न अखिल क्रान्तिकारीले सबैमा अाग्रह गरेको छ ।

यसैबीच सुर्खेत र बैतडीबाट तीन तीन जना विद्‍यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

महासचिव दिपेन्द्र लगाउनेलाई काठमाडौंको कमलपोखरीस्थित प्रहरी वृतमा राखिएको छ । चलाउनेमाथि सार्वजनिक मुद्दा लगाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]