Dabali News

८४ वर्षको पूजाको अवसरमा तोला चढेको सिक्का धामलाई, चामल वृद्धाश्रमलाई

१८ फागुन

पोखरा । लेखनाथ महानगरपालिका-३३ भरतपोखरीका हरिराम पौडेलले आमा चन्द्रकला पाध्याको ८४ वर्षको पूजाको अवसरमा तोला चढेको सिक्का धाम निर्माणार्थ र चामल वृद्धाश्रमलाई सहयोग गर्ने भएका छन् ।

पौडेलले आमा तोला चढ्ने क्रममा पुगेको ४७ किलोग्राम सिक्का पोखरा लेखनाथ महानगरपालिका-२९ स्थित नर्मदेश्वर मोक्षाश्रम धाम, मदौरुकुना र ५० किलोग्राम चामल पोखरा लेखनाथ महानगरपालिका-१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई प्रदान गर्ने भएको छ ।

८४ वर्षको पूजाकै अवसरमा हरिराम पौडेल र धर्मपत्नी लीलादेवी पौडेलद्धारा आमा चन्द्रकला पाध्याको सम्मान र बुबा स्व.गिरिधारी पाध्याको स्मृतिमा पोखरा लेखनाथ ३३ पानी ट्यांकीमा निर्मित चन्द्रगिरि प्रतिक्षालयको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उत्घाटन गरे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]