Dabali News

महासचिव विप्लवलाई गिरफ्तार गर्न देशैभरि सर्कुलर

१८ फागुन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई गिरफ्तार गर्न प्रहरीले देशैभर सर्कुलर जारी गरेको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावका बेला भोजपुरमा बम बिस्फोट गराएको भन्दै प्रहरीले विप्लवलगायत १८ जनालाई विपक्षी बनाएर बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको जनाइएको छ ।

गत कात्तिक २८ गते भोजपुरमा पूर्वसञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएको र जिल्लाका अन्य भागमा पनि विस्फोट गराएको अाराेप लगाउँदै भोजपुर जिल्ला अदालतकाे अादेशअनुसार ती नेताहरुलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

कपिलवस्तु प्रहरीले शिवगढीस्थित विप्लवका दाजुको घरमा पक्राउ पुर्जी टाँसेकाे जनाएको छ । तर नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवलगायत नेताहरुकाे नाममा जारी गरिएको पुर्जी तत्काल खारेज गर्न र राजननीतिक व्यवहारमा अाउन अाेली सरकारलाई चेतावनी दिएका  छन् ।

खारेज नगरिए अाेली र प्रचण्डको घरमा नेपाल कम्युनिस्ट पार्टीका जनसत्ताले पुर्जी टाँस्ने बताएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]