Dabali News

विदेशी भूमिमा अाफ्नै नेपाली सहकर्मीलाई कोठामा थुनेर कुट्‍ने गार्ड यी हुन् (भिडियोसहित)

१८ फागुन

काठमाडौं । केही दिन पहिले एउटा भिडियो भाइरल भयो । वैदेशिक रोजगारीको क्रममा नेपालीमाथि हुने यस्ता कुटपिट र दुर्व्यवहारका घटनाहरु धेरै हुन्छन् । मालिक र माथिल्लो तहका हाकिमले नेपालीमाथि कुटपिट गरेका भिडियोहरु यसअघि पनि अाइरहेका थिए । तर, उक्त भिडियोमा नेपालीले नेपालीलाई गाला मुक्का दिइरहेका थिए ।

मलेसियाको एक सुरक्षा गार्ड कम्पनीमा कार्यतर मिकेश नाम गरेका  नेपालीलाई अर्का एक नेपालीले कोठमा थुनेर कुटिरहेका छन् । भिडियोसँगै यो फोटो पनि भाइरहल भएको छ ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले यो फोटो हालेर नेपाली सहकर्मीलाई कुट्‍ने नेपाली भनेका छन् तर उनको नाम र ठेगाना भने खुलाइएको छैन । कतिपयले उनी नेपालीलाई कुट्‍ने नभएको समेत बताएका छन् । तर, उनको भनाइ अाएको छैन् ।

कोठामा थुनेर नेपाली सहकर्मीलाई यसरी कुटेको भिडियो 

विदेशी भूमिमा नेपालीले नेपालीमाथि कुटपटि

विदेशी भूमिमा नेपालीले नेपालीमाथि कुटपटि

Posted by Online Dabali on Thursday, March 1, 2018

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]