Dabali News

प्रदेश नं.२ ले शहीदको सम्मानमा पार्क निर्माण गर्दै

१६ माघ

वीरगञ्ज । बिपी उद्यानमा शहीद पार्कको शिलान्यास गरिएको छ ।

प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्तरुपमा शहीद पार्कको शिलान्यास गरेका हुन् ।

मुख्यमन्त्री गद्दीले शहीदको बलिदानबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रमा ३ तहको सरकारलगायतका उपलब्धि हाँसिल भएको बताए । उनले शहीदको बलिदानलाई सम्मान गर्दै वीरगञ्जमा निर्माण हुन लागेको शहीद पार्कमा जति रकम लागे पनि प्रदेश सरकारले ब्यहोर्न तयार रहेको बताए ।

भौतिक पूर्वधार विकास मन्त्री सोनलले शहीदको बलिदानलाई उच्च सम्मान गर्दै उनीहरुको सम्झनामा प्रदेशको ३ स्थानमा शहीद पार्क निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिए ।

उनले वीरगञ्जको घण्टाघर नजिकै रहेको बिपी उद्यान तथा सप्तरीको मलेठ र भारदहमा पार्क निर्माण गर्ने सरकारले निर्णय गरेको बताए । वीरगञ्जको शहीद पार्कका लागि प्रदेश सरकारले हाल ७५ लाख विनियोजित गरेको र आवश्यकता अनुसार रकम थपिँदै जाने मन्त्री सोनलले जानकारी दिए ।

शहरी विकास तथा भवन कार्यालयका निर्देशक सरोज गोइतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु प्रदीप यादव, प्रह्लाद गिरी, राजपाका महासचिव शिव पटेललगायतका वक्ताले जनताको अधिकारका लागि बलिदानी दिने शहीदको सम्मानमा पार्क निर्माण गरी प्रदेश सरकारले सराहनीय कार्य गरेको बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]