Dabali News

चर्चित पत्रकार खकेन्द्रको ‘सुसाइट नोट’- अाफन्तलाई खुशीको खबर, अन्तिम इच्छा पूरा हुँदैछ अलबिदा …

१७ फागुन

अछाम । जिल्लाका एक जना नाम चलेका पत्रकारले अात्महत्या गरेका छन् । रेडियो सोसाइटीबाट अब खकेन्द‍्र परियारको नाम सुनिने छैन । होलीको रमझमबीच उनले झुण्डिएर अात्महत्या गरेका छन् ।

अात्महत्या गर्नुअघि बुधबार पत्रकार खकेन्द्रले सामाजिक संजाल फेसबुकमा स्टाटस ‘सुसाइट नोट’लेखेका थिए । जिन्दगीमा न अाफू खुशी हुन सकेको न घर परिवारको लागि केही गर्न सकेको लेखेका छन् । उनले जिन्दगी अगाडि बढाउन भन्दापनि यतिकैमा रोक्न बेस लागेको लेखेका छन् । बुधबार उनको स्टाटसलाई सामान्य रुपमा लिइएको थियो तर विहीबार विहान पत्रकार खकेन्द्रले झुण्डिएर अात्महत्या गरे ।

पत्रकार खकेन्द्रले जीवनमा धेरै अप्ठ्यारा मोडहरु अाएको त्यसलाई सहज बनाउन कुनै उपय नभएको बताउँदै सबै दोष भाग्यलाई दिएका छन्

खकेन्द्रले फेसबुकमा यस्तो लेखका थिएः 

जिन्दगीमा नत अाफु खुसी भए नत अामा, बुबा भाइबहिनीको लागि गर्न सक्य उनीहरुका पनि म बाट केही अाशा र इच्छ हुँदा हुन मैले केही गर्न सकिन जिन्दगीमा धेरै अफ्ट्यारा माेडहरु अाए म सँग ती मोडहरुलाइ सहज बनाउने कुनै उपय थियन त्यसैले मैले यो जिन्दगी अगाडि बढाउनुभन्दा यतिकैमा रोक्न बेस लाग्यो ।

मेरा चिरपरिचित सम्पूर्ण अात्मिय साथीहरूलाई धेरै माया अनि सम्झना म याे दाेष कसैलाई पनि दिन चाहान्न मेरो भाग्यमा यस्तै लेखेको रैछ मेरो अाफ्नतहरुलाई सारै खुसीकाे खबर छ किन कि मेरो अन्तिम इच्छा पूरा हुँदैछ अलबिदा खकेन्द्र …

उक्त स्टाटस बुधबार राति ११ बजेतिर लेखेको देखिन्छ । विहीबार विहान उनी नभेटिपछि खोजी भएको थियो । विहान ९ बजेतिर सदरमुकाम मंगलसेनको नजिकैको जंगलमा शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मंगलसेनस्थित रेडियो सोसाइटमा कार्यरत पत्रकार परियारको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ ।

खकेन्द्रले लेखेको स्टाटसको दोस्रो हरफमा उनले अाफन्तलाई खुशीको खबर भनेका छन् । यसले परिवारमा केही विवाद भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

छोटै समयमा राम्रो लेखन र प्रस्तुती भएका कारण सबैले मन पराएका थिए । सधै अरुको समाचार रेडियोबाट अावाजविहीनहरुलाई सुनाउँदै अाएका पत्रकार खकेन्द्र अाज अाफै समाचार बने ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]