Dabali News

च्याउखेतीमा भुसुनाको समस्या, प्राविधिक ज्ञानको कमी

१६ फागुन

काठमाडौँ । प्रविधि ज्ञानकोे कमीले किसानले पर्याप्त च्याउ खेतीबाट फाइदा लिन सकेका छैनन् ।

किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयले जनाएको छ ।

च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेकोले पराल पाक्ने गरेर हाल्दा र च्याउको टहरामा जाली राख्दा भुसुनाको समस्या समाधान हुनसक्ने बताइएको छ । जाली राख्न महँगो नहुने सबैतिर र सहज रुपमा पाइने भए पनि किसानलाई जालीको प्रयोगबारे पनि थाहा नभएको पाइएको छ ।

च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दा परालको अभाव भएको छ । किसानले परम्परागत रुपमा फलामको भाँडामा पराल पकाउँदा पर्याप्त उत्पादन लिन सकेका छैनन् । विकसित देशमा फोहोरबाट च्याउको उत्पादन हुने गरेको छ ।

हामीले पनि फोहोरबाट च्याउ उत्पादन गर्न सके फोहोर व्यवस्थापन र परालको अभाव हुँदैन यसबाट किसानले मनग्य आम्दानी पनि लिन सक्ने बताईन्छ ।
च्याउको माग बढेसँगै व्यावसायिक रुपमा किसानको संख्या बढिरहेको छ ।

केही वर्ष पहिलेसम्म गोलभेडालगायत तरकारी खेती गरिरहेका किसान समेत अहिले च्याउखेतीतर्फ आकर्षित भएका छन् । नेपालमा मुख्य गरेर गोब्रे, कन्ये र सिताके जातको च्याउखेती हुन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]