Dabali News

प्रहरी प्रतिवेदनको नाममा युएई जाने नेपाली कामदारलाई आर्थिक भार

१६ फागुन

काठमाडौँ । प्रहरी प्रतिवेदन प्रमाणीकरण गरेको नाममा प्रति कामदार ४ हजार ३०० रकम थप लिएपछि सर्वसाधारण मारमा परेका छन् ।

गत माघ २२ गतेदेखि युएईले रोजगारीका लागि जाने कामदारले अनिवार्य प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने नियम ल्याएकोमा प्रमाणीकरणका नाममा थप रकम लिँदा कामदार मर्कामा परेका हुन् । सरदर वर्षमा ५० हजार नेपाली रोजगारीका लागि युएई जाने गरेका छन् । यो आर्थिक भार थपिएपछि नेपाली कामदारमाथि २१ करोड ५० लाख रकम व्ययभार बढेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघले युएई जाने कामदारबाट थप रकम आर्थिक भार पार्न खोजिएको भन्दै आपत्ति जनाएको छ । संघका अध्यक्ष रोहन गुरुङले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत रहेको प्रहरीले सिफारिश गरी उपलब्ध गराएको प्रहरी प्रतिवेदनलाई परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरद्वारा प्रमाणीकरण गरिसकेपश्चात् दूतावासबाट थप प्रमाणीकरण गर्न आवश्यक नरहेको उल्लेख छ ।

नेपाल सरकारको प्रहरी प्रशासन र कन्सुलर सेवा विभागले प्रमाणित गरेको प्रतिवेदन स्वतः प्रमाणित प्रतिवेदन हुने बताइएको छ । शुल्कका विषयमा श्रम तथा रोजगार मन्त्रालय मौन देखिनु खेदपूर्ण रहेको समेत उल्लेख छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]