Dabali News

शैक्षिक क्षेत्रमा बढ्दो दलाली र माफियाकरणविरुद्ध अखिल क्रान्तिकारीको पुर्नगठन

संयोजक- पुर्नगठित अखिल क्रान्तिकारी

अखिल क्रान्तिकारी पुर्नगठनको आवश्यकता किन ठान्नु भो ?

हामीले आस्था राख्ने नेकपा (माओवादी केन्द्र)को दक्षिणपन्थी विसर्जनवादमा पुग्‍यो । जनयुद्धका उपलब्धीहरुलाई लत्याउँदै प्रचण्डको नेतृत्वका माओवादी केन्द्र एमालेमा विलय भयो । गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र पुर्नगठन भयो । त्यसैगरी माओवादी केन्द्रसँगै भातृ संगठन अखिल (क्रान्तिकारी) पनि त्यसमा विलय भयो । त्यसले शैक्षिक क्षेत्रमा बढ्दै गएका समस्या समाधानको लागि क्रान्तिकारी संगठनको अभाव पैदा गर्यो । त्यही अभावलाई पूर्ति गर्न नयाँ क्रान्तिकारी संगठन निर्माणको लागि अखिल क्रान्तिकारीलाई पुर्नगठन गर्न लागेको हौं ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता कुरा त चुनाव भन्दा पहिलेदेखि नै उठेको हो, पुर्नगठनबारे संगठनभित्र बहस चलाउनु भएको थियो ?

पार्टीमा जस्तै अखिल क्रान्तिमा सबै पदाधिकारी विसर्जनको पक्षमा भएकोले औपचारिक रुपमै बहस गर्न गारो थियो । हामीले अनौपचारिक रुपमा देशभरका क्रान्तिकारी विद्यार्थी साथीहरुसँग छलफल र बहस गर्‍यौं । सात बुँदे सहमतिपछि लगत्तै हामीले औपचारिक रुपमै छलफल गर्‍यौं । त्यसैको परिणाम हो, ठूलो संख्यामा विद्यार्थी साथीहरु पुर्नगठनमा सहभागी भएका छन् ।

तपाईँहरु कति जना हुनुहुन्छ पुर्नगठनमा ?

धेरै साथीहरुलाई पार्टी र संगठन एमालेमा विलय भएको राजनीतिक रुपमै मन परेको छैन । त्यसलाई प्रतिवाद गर्न देशैभरीबाट क्रान्तिकारी विद्यार्थी आन्दोलनमा लागेका साथीहरुको भेलामा सहभागीता हुँदैछ । एउटा क्षेत्र वा प्रदेशबाट मात्रै होइन देशैभरीबाट प्रतिनिधिहरु भेलामा आइसकेका छन् । विद्यार्थी नेताहरुले विसर्जनवादलाई सर्लक्क स्वीकार गरेपनि यसौं विद्यार्थीहरुले नयाँ संगठनबाट त्यसको प्रतिवाद गर्ने तयारीमा छन् ।

तपाईँहरुका आगामी शैक्षिक मुद्दा के हुन्छन् ?

शिक्षा क्षेत्रमा दलाली र माफियाकरण बढ्दो छ । जसका कारण शिक्षा सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ । नीजि शैक्षिक संस्थाहरुमा दलाल र माफियाका छोराछोरीले मात्रै पढ्न सक्ने अवस्था छ । यस्तो अवस्थामा रहेको नेपालको शिक्षा क्षेत्रलाई सर्वसाधारणको पहुँचमा ल्याउन दलालीकरण र माफियाकरणविरुद्धको संघर्ष पहिलो कार्यभार हो ।

जनताका छोराछोरीले पढ्न सक्ने, वैज्ञानिक र व्यवहारिक शिक्षाको लागि जस्तोसुकै संघर्ष लागि संगठनलाई तयार बनाउछौं ।

यो तपाईँहरुले पहिलेदेखि नै भन्दै आएको पुरानै कुरा हो, के सक्नुहुन्छ ?

सक्छौं । आन्दोलनको उठान नभएको र एजेण्डा स्थापित नभएका होइनन् । पार्टी नेतृत्वसँगै विद्यार्थी नेतृत्व पनि दलाल र माफियाको अगाडि झुक्ने गरेका कारण विद्यार्थी आन्दोलन बीचमै विसर्जन हुँदै आयो । आन्दोलनका एजेण्डा रुपैयाँमा साट्ने गरेका कारण शैक्षिक आन्दोलन सफल भएन । र, माफिया र दलालहरुको मनपरी चलिरह्यो । अब हामी आन्दोलनका एजेण्डालाई कुनै मूल्यमा साट्ने छैनौं ।

हजारौं विद्यार्थीहरुलाई साथमा लिएर शैक्षिक अान्दोलनलाई अगाडि बढाउँछौं ।

तपाईँहरुकै भाषामा दक्षिणपन्थीहरु एकजुट भए, क्रान्तिकारी तपाईँहरु भने विभिन्न समूहमा हुनुहुन्छ कसरी अान्दोलन सफल होला ?

जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको मूल्य-मान्यता र जनताले गरेको अपेक्षा र शैक्षिक र राजनीतिक एजेण्डा नछोडेका क्रान्तिकारी शक्तिहरुबीच हामी पहिलो चरणमा सहकार्यलाई बढाउँछौं । समान एजेण्डा र कार्यक्रममा संयुक्त मोर्चा बनाएर संघर्ष गर्छौं । त्यसबाट पनि सम्भव नभए बल प्रयोगको सिद्धान्तलाई पनि अपनाउनु पर्ने हुनसक्छ । हामी चाहन्छौं, शान्तिपूर्ण संघर्षबाटै राजनीतिकसँगै शैक्षिक क्षेत्रमा मौलाइरहेका दलाली र माफियाकरणको अन्त्य होस् ।

त्यसरी सम्भव देख्नुहुन्छ ?

सिंहदरवारको भ्रष्टाचार र वेथिती गाउँगाउँ पुगेको छ । नेताहरुमा दलालीकरण र भ्रष्टीकरण तीब्र रुपमा विकास भइरहेको छ । राज्य केही कर्पोरेट हाउसबाट चलेको छ । यो सबै हेर्दा त असम्भव छ भन्न सकिन्छ । तरपनि शान्तिपूर्ण आन्दोनलबाटै ठूलाठूला परिवर्तन भएका इतिहास छन् । हामी यसमा प्रयास गर्छौं । यसबाट सम्भव नभए हामीले आत्मासात गरेको बल प्रयोगको सिद्धान्तलाई प्रयोगमा ल्याउनु पर्ने पनि हुनसक्छ ।

भेलाले संगठनको कस्तो स्वरुप दिन्छ ?

बुधबार यो पहिलो भेला हुँदैछ । यसले राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउँछ । मेरो संयोजकत्वमा सम्मेलन आयोजक समिति बन्छ । उपयुक्त समयमा राष्ट्रिय सम्मेलन गर्छौँ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]