Dabali News

नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५ सयले सेवा लिए

१५ फागुन

काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ मा नेपाली सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा ५ सयभन्दा बढीले उपचार गराएका छन् ।

स्थानीय आधारभूत विद्यालय, रम्पुरामा विपन्न वर्ग तथा समुदायका बिरामीलाई लक्षित गरी मध्यपूर्वी पृतना हेडक्वार्टरको संयोजन एवं भीमदल गण भलुवाही ब्यारेक, राजविराजद्वारा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

शिविरमा भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ डा.प्रकाशराज न्यौपानेसहित १६ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको हो ।

श्री नं.२७ फिए र श्री नं.२८ फिएका डाक्टर २ जनासहित नर्सिङ अर्दली–६ गरी ८ जनाको टोलीले स्त्रीरोग तथा पाठेघरसम्बन्धी क्यान्सर र पुरुषको मुख तथा अन्य क्यान्सरसम्बन्धी निःशुल्क उपचार तथा औषधि वितरण गरेका थिए ।

शिविरबाट २३३ जना पुरुष र ३३९ जना महिलाले सेवा लिएको भीमदल गण, भलुवाही ब्यारेकले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]