Dabali News

डम्पिङ साइटमा परिणत जनकपुरमा मुख्यमन्त्रीले लगाए झाडू

१५ फागुन

काठमाडौँ । मुख्यमन्त्री लालबाबु राउत जनकपुर शहर सरसफाइ आभियानमा सहभागी भएका छन् ।

आज विहान जनकपुर महासफाइ अभियानमा सहभागि भई राउतले सडकमा झाडू लगाएका हुन् । मुखमा मास्क र हातमा झाडू लिएर मुख्यमन्त्री सडक बढार्न थालेपछि हेर्नेहरुको भीड लागेको थियो ।

मुख्यमन्त्री बनेपछि पहिलोपटक कुचो लिएर सडकमा उत्रिएका राउत जनकचोकदेखि जानकी मन्दिसम्मको सरसफाइमा सहभागी भएका थिए ।

जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी हो । ऐतिहासिक धार्मिक शहर अत्यधिक फोहोर भएर डम्पिङ साइटमा परिणत भएको छ ।

सरसफाइको क्रममा प्रतिक्रिया दिँदै उनले प्रदेशलाई स्वच्छ बनाउन नियमित सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

कुनै पनि ठाउँको सुसभ्य नागरिकको परिचय त्यस स्थानको सरसफाइ र वातावरणले पनि दिन्छ, मुख्यमन्त्री राउतले भने,‘त्यसैले यस प्रदेशभित्रको हरेक गाउँपालिका, नगरपालिकादेखि महानगरपालिकासम्म सबै ठाउँमा सरसफाई अभियान चलाउनु पर्छ, तबमात्र हामी सफा र स्वस्थ हुनसक्छौं ।’

उनले मठमन्दिरको छेउछाउ र सार्वजनिक स्थलमा जथाभावी फोहर फाल्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने प्रक्रियामा जानुपर्ने समेत बताए ।

संयुक्त आयोजनमा भएको महासफाइ अभियानमा जनकपुरको धार्मिक तथा ऐतिहासिक स्थल रामचोक, जनकचोक, जानकी मन्दिर लगायत जनकपुर अन्तरगृह परिक्रमा सडककोसमेत सरसफाइ गरिएको छ ।

सरसफाइ अभियानमा प्रदेश सांसद, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, समाजसेवी, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]