Dabali News

टीकापुरमा बर्ल्डलिंकको नयाँ शाखा स्थापना

१४ फागुन

कैलाली । अाफ्नो सेवा विस्तारमा रहेको वर्ल्डलिंक कम्यूनिकेशन, प्रा.लि.ले कैलालीको टिकापुरमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार एक कार्यक्रमबीच नयाँ शाखाको उद्घाटन गरिएको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले टिकापुर क्षेत्रको मागलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने उद्देश्यले नयाँ शाखा स्थापना गरेको कम्पनीले जनाएको छ । कम्पनीका क्षेत्रीय प्रबन्धक कर्णराज पनेरुका अनुसार नयाँ शाखा स्थापनासँगै व्यवसायीहरु, अध्ययन अनुसन्धानमा लागेका विद्यार्थीहरु, कम्प्युटर तालीम संचालन गर्ने संस्थाहरुलगायले नयाँ शाखाबाट सेवा लिन सक्नेछन् ।

त्यसैगरी पनेरुले विगत लामो समयदेखि टीकापुरमा सम्पर्क कार्यालय संचालन गरि इन्टरनेट सेवा संचालन गरेको जानकारी दिँदै सोमबारबाट अप्टिकल फाईवर सेवा प्रदान गरेको बताए । अब उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने पनेरुको दाबी छ ।

टिकापुर र अासपासका क्षेत्रमा उच्च गतीको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । जसका कारण आवाज डाटा, भिडियो फाइलहरु सजिलैसँग डाउनलोड र अपलोड गर्न सकिने सो अवसरमा कम्पनीले जानकारी दिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]