Dabali News

अमेरिकी साम्राज्यवाद यति क्रुर ! संसारलाई रुवाएका फोटोहरु

१५ फागुन

काठमाडौं । सिरियाको अान्तरिक मामलामा हात हालेको अमेरिकी दिन प्रतिदिन कुरुर बन्दै गएको छ । सिरियाली सरकारलाई अपदस्त गर्न पेशेबर विद्रोही जन्माएर अमेरिकाले प्रत्यक्ष युद्धमा हात हालेको छ ।

राष्ट्रपति बसर अल असदलाई अपदस्त गर्न अमेरिकाले उब्जाएको लडाइँको सिरियाले प्रतिरोध गर्दै अाएको छ । अमेरिकाले केही दिन पहिले अाफै मानव बस्तीमा हवाई हमला गरेको थियो । उसको सहयोगमा तयार भएको विद्रोहीलाई युद्धको लागि अावश्यक सबै अस्त्र उपलब्ध गराउँदै अाएको छ ।

अमेरिकाले जन्माएको सिरिया युद्धमा रुसले सरकारलाई सहयोग गर्दै अाएको छ । बसर अाफ्‍नो कठपुतली नबनेपछि अमेरिकाले सिरिया युद्ध जन्माएको हो । केही दिन यता भएका दुबै पक्षका अाक्रमणबाट बालबालिका शिकार भएका छन् ।

अमेरिकाले जन्माएको युद्धमा परी सिरियाका लाखौं नागरिक विस्थापित भएका छन् । बालबालिकाको अवस्था नाजुक बन्दै गएको छ ।

 

सिरियालाई अाफ्नो दास बनाउन अमेरिकाले यतिसम्म क्रुरता देखाएको छ । सिरिया युद्धमा बालबालिकाको अवस्थाबारेका फोटोहरु केही दिन यता सामाजिक संजाल र मिडियामा भइरल भएका छन् ।

फोटोहरु हेर्दा जो कसैको अाँखा रसाउँछन् । अभिभावकले घाइते बालबालिकालाई बोक्दै गरेको, अभिभावक गुमाइसकेका बालबालिका घाइते अवस्थामा छटपटाइरहेका, अाफूभन्दा सानालाई लुकाउँदै गरेका, भोकले रगत खादै गरेका, बचाउन अाग्रह गरेका, अमेरिकी सयोगमा  युद्ध लडिरहेका विद्रोहीहरु बालबालिकाको हत्या गरेका फोटोहरु सामाजिक संजाल प्रयोगकर्ताहरुले पोष्ट गरेका छन् । तरपनि गम्भीर रुपमा कुनै देशका ठूला मिडियाले यो विषयलाई उठाएका छैनन् ।

यस्ता छन् संसारलाई नै रुवाएका फोटोहरु

    

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]