Dabali News

गूगल, फेसबुक र ट्वीटरका प्रतिनिधिहरु काठमाडौंमा, किन अाए ?

१४ फागुन

काठमाडौँ । चर्चित गूगल, फेसबुक र ट्‍वीटरका प्रतिनिधिहरु काठमाडौंमा जम्मा भएका छन् । विश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधिहरु नेपाल अाएका छन् ।

एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) मा भाग लिन उनीहरु नेपाल अाएका हुन् । एप्रिकटको २२ बर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधि सहभागी भएको यस समिटको संयोजन इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स)ले गरेको छ ।

होटल याक एण्ड यतिमा सुरु भएको सम्मेलनको आयोजना एशिया प्यासिफिक इन्टरनेट एसोसिएसन (एपिआइए) र एशिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपिएनआइसी)ले संयुक्त रुपमा गरेका हुन् ।

सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमीमा बसेर काम गर्ने प्रतिनिधिको सहभागीता रहेको एनपिआइएक्सका अध्यक्ष गौरवराज उपाध्यायले जानकारी दिए ।

एप्रिकटको पहिलो चरणमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले इन्टरनेट अफ थिङ्स, सुरक्षा, नेटवर्क ब्यवस्थापन र राउटिङ विषयमा प्रशिक्षण दिएका थिए । तालिममा १ सय ९० जनाको सहभागिता थियो ।

सम्मेलनमा ग्लोबल इन्टरनेट टेक्नोलोजीका विविध विषयमा छलफल हुने उपाध्यायले जानकारी दिए । सम्मेलनमा इन्टरनेट जाइन्ट कम्पनीहरु गुगल, फेसबुक ट्वीटरलगायतका प्रतिनिधिहरु पनि सहभागी हुन काठमाडौँ आइपुगेका छन् ।

सम्मेलनको प्रमुख बक्ता भिप्टेलाका सहसंस्थापक अमिर खान हुनेछन् । भिप्टेला अल्टरनेटिभ नेटवर्किङ कम्पनी हो । यसलाई गत बर्ष ग्लोबल जाइन्ट कम्पनी सिस्कोले ८ सय मिलियन डलर (करिव ८० अब रुपैया) मा किनेको थियो ।

अाइतबारबाट सुरु भएको सम्मेलन १० दिनसम्म चल्नेछन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]