Dabali News

प्रजनन समस्या समाधान, राप्ती र नारायणीमा ३ वटा भाले गोही भेटिए

१४ फागुन

काठमाडौँ । भाले गोहीविहीन भनिएको राप्ती र नारायणी नदीमा अहिले ३ वटा भाले गोही भेटिएका छन् ।

गत वर्षको जेठ १० गते नारायणी नदीमा जालमा परेर एउटा घडियाल भाले गोही मरेपछि राप्ती र नारायणी नदी भाले गोहीविहीन बनेकाले पुस ८ गते बर्दियाबाट एउटा भाले गोही ल्याइएको थियो ।

निकुञ्ज विभागको नेतृत्वमा गत शुक्रबारदेखि ३ दिन लगाएर गरिएको गोही गणनाका क्रममा राप्ती नदीका दुई ठाउँमा भाले गोही फेला परेका छन् ।

त्रिवेणी नजिकै नारायणी नदीको भेलौजी भन्ने ठाउँमा र राप्ती नदीको सौराहाघाटमा १–१ वटा भाले गोही फेला परेका हुन् ।

दुई नदीमा भालेको संख्या ३ वटा पहिचान भएकाले प्रजननमा समस्या नआउने र अरु थप भाले हुन सक्ने अनुमान गरिएको छ ।

नारायणीको भेलौजीमा गत वर्षको जुनमा सो गोही देखिएको भए पनि भाले हो या होइन यकिन गर्न नसकेका कारण प्रष्ट भन्न सकिएको थिएन ।

केही दिनपछि पछिल्लो गणनाको परिणाम आउने छ । राप्ती र नारायणी नदीमा ११ समूह बनाएर ५० जनाले ३ दिन लगाएर गोही गणना गरेका थिए ।

राप्ती र नारायणी नदीमा १६६ वटा गोही फेला परेका थिए बबई, कर्णाली, कालीगण्डकी र कोशी नदीमा गरी हालसम्म १ हजार २९४ वटा गोही प्रजनन केन्द्रमा हुर्काएर छाडिएका छन् ।

हाल प्रजनन केन्द्रमा ४९५ वटा गोही छन् । १ मात्र बूढो भाले गोही रहेकाले भारतबाट भाले गोही ल्याउनका लागि गृहकार्य भइरहेका बेला राप्ती र नारायणी नदीमा भाले गोही भेटिएपछि संरक्षणकर्मी उत्साहित भएका छन् ।

राप्ती र नारायणी नदीमा गोहीको अण्डा संकलन गरी प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने गरिन्छ । एउटा भालेले ठूलो संख्यामा पोथीलाई प्रजनन गराउन सक्ने क्षमता रहेको बताईन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]