Dabali News

७ प्रतिशत वृद्धिदर कायम राख्न ३० हजार मेगावाट विद्युत आवश्यक

१३ फागुन

काठमाडौँ । आर्थिक वृद्धिदर ७.२ प्रतिशत कायम रहने हो भने नेपालमा सन् २०४० सम्म ३० हजार मेगावाट विद्युत आवश्यक पर्ने देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणले मुलुकको आर्थिक वृद्धिदरलाई आधार मानेर तयार पारेको एक रणनीतिक कार्ययोजनामा २२ वर्षपछि विद्युत उत्पादन क्षमता २९ हजार ४२७ हजार मेगावाट हुनुपर्ने उल्लेख छ ।

सामान्य रुपमा ४.५ प्रतिशतको दरले मात्रै आर्थिक वृद्धि भएको अवस्थामा भने सन् २०४० मा मात्रै १९ हजार १५१ मेगावाट विद्युत आवश्यक पर्ने प्राधिकरणको प्रक्षेपण छ ।

सरकारले चालू आर्थिक वर्षको वृद्धिदर ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको सन्दर्भमा सोही दरलाई नै आधार बनाएर विद्युतको माग तथा आपूर्तिको समेत प्रक्षेपण गरिएको हो ।

प्राधिकरणका अनुसार सन् २०२० अर्थात आगामी दुई वर्षभित्र ७.२ प्रतिशतको दरमा आर्थिक वृद्धि भए ३ हजार ६११ मेगावाट विद्युत आवश्यक पर्ने देखिन्छ । प्राधिकरणले ९.२ दरले आर्थिक वृद्धि हुने अवस्थामा भने सन् २०४० मा ४२ हजार २२८ मेगावाट विद्युत आवश्यक पर्ने छ ।

नीतिगत तथा कानूनी सुधार गरिए सो अवधिमा ५१ हजार ३३० मेगावाट विद्युत उत्पादन गर्न सकिने प्राधिकरणको भनाई छ ।

आव २०७३-७४ मा मुलुकको आर्थिक वृद्धि ६.९ प्रतिशत भएको र चालू आवमा ७.२ प्रतिशत हुने प्रक्षेपण गरिएको सन्दर्भमा प्राधिकरणले सोही आधारमा विद्युतको क्षमताका बारेमा प्रक्षेपण गरेको हो ।

नेपालको प्रतिव्यक्ति विद्युत खपत दर दक्षिण एशियामै कम रहेको सन्दर्भमा विद्युत खपत बढाउन पनि नीतिगत सुधार, औद्योगिक विकासमा जोड दिनु पर्ने छ ।

चीनको प्रतिव्यक्ति विद्युत खपत दर ३ हजार ४९३ किलोवाट घण्टा छ भने भारतको ९१७ किलोवाट, भुटानको एक हजार ६१९, श्रीलंकाको ४९० र माल्दिभ्सको ७५२ किलोवाट घण्टा रहेको छ ।

दक्षिण कोरियाको १२ हजार ९०० र नर्वेको २३ हजार १७४ किलोवाट घण्टा रहेको छ । आर्थिक वृद्धिदर र मानव विकास सूचङ्कामा समेत ऊर्जाको खपतले योगदान गर्ने भएकाले त्यसलाई विशेष ध्यान दिनुपर्ने राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा अरविन्दकुमार मिश्रको भनाई छ ।

अतः आर्थिक समृद्धिको मानक ऊर्जा उत्पादनलाई विशेष प्राथमिकतामा राख्नु पर्ने देखिन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]