Dabali News

५ जिल्लामा सञ्चार सम्पर्क विच्छेद, भक्तपुरमा सञ्चालन

१३ फागुन

काठमाडौँ । भक्तपुर र बबरमहलमा अप्टिकल फाइबरको लाइन काटिएपछि ५ जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ ।

भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला र काठमाडौँको बबरमहलमा पुल निर्माणका क्रममा अप्टिकल फाइबरको लाइन काटिएपछि शुक्रबार साँझदेखि टेलिफोन र आज बिहानदेखि मोबाइल सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमख कामता श्रेष्ठले पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि सञ्चार सम्बन्ध विच्छेद भएको बताएका छन् ।

अप्टिकल फाइबरको लाइनलाई वैकल्पिक प्रविधिबाट अपराह्न २ बजेदेखि मोबाइल लाइन सञ्चालन भएको हो ।

अप्टिकल फाइबर चुँडिएपछि भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा ल्याण्डलाइन फोन र मोबाइल सेवा अवरुद्ध भए पनि भक्तपुरमा मोबाइल सेवा सञ्चालनमा आएको छ ।

अरु सेवा अवरुद्ध छ मोबाइल सेवा खुलाउने प्रयास जारी रहेको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]