Dabali News

साझा भाषाको नीतिमा जोड, भाषाले सम्मान पाएमा राष्ट्रियता सुदृढ हुने

१३ फागुन

काठमाडौँ । साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ ।

नेपाली राष्ट्रियता र भाषा विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै भाषाको उचित सम्मान भएमा मात्र नेपाली राष्ट्रियता सुदृढ हुने बताएका छन् ।

आधारशिला स्थापनाको १५ औंँ वार्षिकोत्सव र अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले हिन्दूहरुको आदिग्रन्थ वेदमा नै सबै सँगै हिँडौँ सबैसँगै बोलौँ भनिए पनि त्यसलाई कर्मकाण्डीय रुपमा लिइँदा असमानता बढेको बताए ।

समृद्ध भाषाले समृद्ध राष्ट्र निर्माण गर्छ भन्ने विद्वानको मतलाई अब व्यवहारमा उतार्नु पर्ने भनाइ थियो ।
पछिल्लो कालखण्डमा राज्यले अख्तियार गरेको एउटै भाषा एउटै वेशको नीतिले ओझेल्याउन खोजेको बताइएको छ ।

अब भाषासम्बन्धी नीति बनाएर लिपि भएका भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिँदै अघि बढ्नुपर्ने भनाइ थियो ।

भाषाविद एवं पूर्वसांसद गोपाल ठाकुरले भाषा र राष्ट्रियता एक अर्कासँग अन्याश्रित रुपमा जोडिएका विषय भएकाले भाषाको कुरा पन्छाएर सुदृढ राष्ट्रियताको कल्पना गर्न नसकिने बताए ।

भाषाभित्रैबाट आफ्नो पहिचान खोजिने हुनाले सबै भाषाभाषीले मेरो देश नेपाल र म नेपाली भन्ने भावना जागृत गराउन भाषा नीति लचिलो हुनैपर्ने औंँल्याईएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]