Dabali News

सायाँले हात पारिन् उत्कृष्ट नवमोडेलको उपाधि

५ माघ

काठमाडौं । कलाकार तथा मोडेल सायाँ भण्डारीले सर्वोत्कृष्ट मोडेलको उपाधि जितेकी छन् । एपिक नेपालको आयोजनामा गरेको प्रथम ‘एपिक नेपाल म्युजिक अवार्ड २०७५’ अन्तर्गत मोडलिङ विधामा सायाँले नवमोडेल उपाधी जितेकी हुन् ।

कलाकार भण्डारीले पछिल्लो पटक निकै चर्चामा रहेको ‘सुन सबैले सुन’ गीतको मोडलिङ गरेकी थिइन् । उक्त भिडियोबाट नोमिनेशनमा परेकी थिइन् । मोडलिङ क्षेत्रमा प्रवेशसँगै अधिकारीको लागि पहिलो पहिलो उपाधी हो । उनले खुशी ब्यक्त गर्दै अाफ्ना स्रोता तथा शुभचिन्तक र आयोजकप्रति आभार व्यक्त गरिन् । सोही गीतबाटै सर्वोत्कृष्ट मोडेलको उपाधि बिमल अधिकारीले प्राप्त गरेका छन् ।

शनिबार राजधानीमा सम्पन्‍न कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्‍न विधाका उपाधि तथा सम्मानपत्र हस्तान्त्रण गरेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]