Dabali News

पेट्रोलियमभन्दा विद्युतीय सवारी साधनको संचालन खर्च सस्तो पर्ने

११ फागुन

काठमाडौँ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी संचालन खर्च प्रतिकिलोमिटर ४ सस्तो पर्ने छ ।

नेपाल विद्युत प्राधिकरणले गरेको अनौपचारिक अध्ययन अनुसार हाल संचालनमा रहेका बसको डिजल इन्जिनले प्रतिकिलोमिटर १६ रुपैयाँ ८० पैसाको इन्धन खपत गर्छ भने विद्युतबाट चल्ने बसले प्रतिकिलोमिटर १२ रुपैयाँ ९६ पैसाको विद्युत खपत गर्छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी–साधन चलाउँदा करिब ४५ प्रतिशतले सस्तो पर्ने देखिन्छ ।

७४ रुपैयाँ खर्च गरेर खरिद गरिएको डिजलले मात्रै पाँच किलोमिटरको यात्रा गर्न सकिन्छ भने ३ हजार २४० खर्च गरेर ३२४ किलोवाट आवर विद्युत चार्ज गर्दा त्यसबाट २५० किलोमिटरको यात्रा गर्न सकिने प्राधिकरणको अध्ययनले देखाएको छ ।

प्रतिलिटर १०४ मा खरिद गरिएको पेट्रोल कारबाट १६ किलोमिटर यात्रा गर्न सकिन्छ । यस आधारमा हेर्दा प्रतिकिलोमिटर ६ रुपैयाँ ५० पैसा खर्च हुन्छ ।

१५० खर्च गरेर १५ किलोवाट आवर विद्युत् चार्ज गरेको विद्युतीय कारले प्रतिकिलोमिटर एक रुपैयाँ ५० पैसामा यात्रा गर्न सकिन्छ । सामान्यतः १५ किलोवाट आवरको विद्युतले १०० किलोमिटर यात्रा गर्न सकिने प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय कार निर्माता कम्पनीले गरेको प्रक्षेपणअनुसार सन् २०४० अर्थात अबको २२ वर्षपछि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको मूल्य सस्तो पर्ने बताईन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]