Dabali News

इलाममा खानेपानी आयोजना सञ्चालन हुने

११ फागुन

इलाम । इलाम बजारमा साना शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुने भएको छ ।

एशियाली विकास बैंक एडिबीको ८५ करोडको सहयोगमा आयोजना सञ्चालन हुने भएको हो ।

शहरी विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल निकास विभागमार्फत तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन हुन लागेको साना सिँचाइ खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए ।

आयोजना सञ्चालन गर्न उपभोक्ताले ५ प्रतिशत व्यहोर्नु पर्ने छ । आयोजना सम्पन्न भएपछि सिचाइसमेत गर्न सकिने छ ।

आयोजना सञ्चालन गर्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकारवाला निकाय र बासिन्दासँग छलफल भइरहेको छ ।

करिब ३ हजार उपभोक्ताबाट साढे ४ करोड रकम उठाउने समितिको लक्ष्य छ । नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसिदिनुपर्ने आयोजनाको नीति रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]