Dabali News

निर्धन उत्थान बैंकद्वारा ग्राहकलाई बाख्रापालन तालिम

११ फागुन

काठमाडौँ । निर्धन उत्थान बैंक लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई उन्नत जातको बाख्रापाल तालिम दिएको छ ।

ग्राहक सदस्यहरुको सहभागितामा तालिम संचालन गरेको हो । उक्त तालिममा सुर्खेत स्थित विद्यापुर शाखाका २७ जना ग्राहक सदस्यहरु सहभागी थिए ।

बाख्रापालन ब्यवसाय स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाखा्रपालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राहरुको जातिय परिचय, बाख्रापालन विधि, उमेर अनुसार पाठापाठी, बाख्रा बोकालाई भुईको आवश्यकता तथा खोर निर्माण गर्न ठाउँको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्रताको महत्व, सोतरको महत्व एंव प्रयोग गरिने वस्तुहरु, उमेर अनुसार बाख्रालाई आहारको आवश्यकता तथा आहाराका श्रोतहरु दाना बनाउने विधि र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, प्रजननको लागि बाख्रा तथा बोकाको छनौट गर्ने तरिका, प्रजनन गराउने उमेर, स्वजातिय तथा प्रजातिय प्रजननबाट हुने फाईदा बेफाईदाबारे नियन्त्रणको साथै खोप कार्यक्रम बारे जानकारी, स्थानीय बाख्रापालनको महत्व, कमी, कमजोरी, संरक्षण तथा विकासे बजार ब्यवस्थापनको बारेमा पशु प्राबिधिक श्री भोज प्रसाद चपाईले जानकारी दिएका थिए ।

बैंकले देशभरीका ७७ वटै जिल्लाहरुमा १७ वटा शाखाहरु क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा पु¥याउदै आएको छ ।

शाखा संञ्जालको हिसाबले देशको दोश्रो ठुलो बैंक बन्न पुगेको छ । बैंकले २०७४ पौष मसान्तसम्ममा ३,०४,२८२ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ ।

लगानीमा रहेको कर्जा ३ अरब ५५ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ३३ करोड बचत परिचालित छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]