Dabali News

आजको शेयर बजार दोहोरो अंकले बढ्यो

३० पुस

काठमाडौं । आज धितोपत्र बजारमा शेयरको मूल्यमा दोहोरो अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७४ विन्दुले बढेर १ हजार १८६.८० विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २५०.४९ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको ८ लाख ५ हजार ६०१ कित्ता शेयर २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोवार भएका कूल ९ उपसमूहमध्ये आज बैंकिङ उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह १.०९ विन्दुले घटेको छ ।

यस्तै होटल १८.८४, विकास बैंक ४.५६, जलविद्युत १७७.०७, वित्त ६.९६, निर्जीवन बीमा १९.२४, अन्य १९.९१, लघुवित्त १५.०७ र जीवन बीमा ३.१८ विन्दुले बढेको छ ।

बढेको बजारमा नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, गुर्खाज फाइनान्स, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले बढी कमाएका छन् ।

यस्तै बैंक अफ काठमाडौँ, अरुण कावेली पावर, अपि पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी गुमाएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]