Dabali News

सुन्दर सुदूरपश्चिम महोत्सवमा पहिलो पटक रविको भब्य स्वागत

३० पुस

धनगढी । नेपाल आईडल रवि वडको धनगढीमा आयोजित सुन्दर सुदूरपश्चिम महोत्सवमा भब्य स्वागत गरिएको छ ।

नेपाल आईडल सिजन टु जितेपछि उनी धनगढीको सार्वजनिक कार्यक्रममा पहिलो पटक पुगेका हुन् ।

उनलाई धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वडले खादा, फुलमाला लगाएर स्वागत गरे । नगरप्रमुख र महोत्सव आयोजकले अनुरोध गरेपछि उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले रवि यस प्रदेशकै सान भएको बताए । उनले भने, ‘यहाँको भाषा संस्कृती बचाउन र प्रचारप्रसार गर्नमा रविले कन्ज्यूसाई गर्नु हुँदैन र गर्दैनन् पनि’ रविले नेपाल आईडल बनाउन सहयोग गर्ने सबै प्रति आभार प्रकट गरे । उनले भने, ‘यो मेरो जित होईन तपाईहरुको हो ।’

रविले नेपाल आईडलको आयोजक संस्था एपिवनको अनुमती बिना आफुले सार्वजनिक कार्यक्रममा गित गाउन नपाउने बताए । उनले भने, ‘मैले अनुशासनमा रहनुपर्छ त्यसैले मेरो फोटो भिडियो नखिचिदिनु होला ।’

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]