Dabali News

३३ प्रतिशत महिला सहभागिता: मन्त्री थापा

१० फगुन

काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागी गराउनु पर्ने बताएकी छिन् ।

संविधानले व्यवस्था गरे अनुसार मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व गराउनु पर्ने बताईन् । संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरेको छ ।

मन्त्री थापाले स्थानीय तह बलियो भए मात्र संविधान कार्यान्वयन गर्न सजिलो हुने भएकाले विकास निर्माणमा स्थानीय क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताईन् ।

मन्त्रिपरिषदले चाँडो पूर्णता पाउने बताउदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच छलफल भइरहेकोले अब चाँडै नै निष्कर्षमा पुगेर मन्त्रिपरिषद विस्तार हुने बताइएको छ ।

जनताको जनादेशअनुसार काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने र राम्रो काम गरे सरकारलाई सहयोग गर्ने नराम्रो काम गरे खबरदारी गर्ने भनाई छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]