Dabali News

पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको मुर्ति निर्माण हुने

१० फागुन

रामेछाप । पर्यटकीय क्षेत्र अग्लेश्वरीमा बुद्धको ठूलो मूर्ति निर्माण हुने भएको छ ।

दोरम्बा, खाँडादेवी र सुनापति गाउँपालिकाको संगमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्रमा बुद्धको मूर्ति बनाउने अभियान सुरु भएको छ ।

भ्रम निवारण गर्न र बुद्ध नेपालमा नै जन्मिएको हो भन्ने विश्वभर सन्देश दिनको लागि मुर्ति निर्माण गरिन लागेको बताइएको छ ।

नेपालमा पहिलो पटक एउटै मुर्तिमा चारैतिर फर्किएको फोरबिग बुद्धको मूर्ति निर्माण गने अभियानमा रामेछापमा जन्मिएर सांगीतिक क्षेत्रमा सक्रिय सिजम सिन्जाली लागेका छन् ।

उनले बुद्ध नेपालमा जन्मिएको थप सन्देश विश्वभर दिनको लागि नेपालको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यको साथ अभियान अगाडि बढाउन लागिएको बताइएको छ ।

स्थानीय तह, बौद्धधर्मालम्बी र देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको साथ र सहयोग लिएर बुद्धको मूर्ति निर्माणको काम अगाडि बढाउने अभियानमा जुटेका छन् ।

समुन्द्री सतहबाट २४ सय ७ मिटर उचाईमा रहेको अग्लेश्वर हाल अग्लेश्वरी महादेवस्थानबाट परिचित भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]