Dabali News

पुलिस क्लब अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश

३० पुस

धनगढी । मनाङ मस्र्याङदी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अघिल्लो साता मात्र राजधानीमा सहिद स्मारक लिग जितेको मनाङलाई पुलिसले १-० ले हराएको हो । प्रतिस्पर्धात्मक खेलको ६८ औं मिनेटमा पुलिसका नीरकुमार राईले गरेको प्रहार निर्णायक भयो ।

तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई नीरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट भली प्रहारमा गोल गरेका थिए । पुलिसले छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।
मनाङ सीधै बाई पाएर क्वाटरफाइनलमा पुलिससँग भिडेको हो । लिगमा मनाङसँग १-० को हारको बदला पुलिसले लिएको छ ।

११ औं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्डबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले दोस्रो प्रयासमा नियन्त्रण गरेका थिए । २९ औं मिनेटमा तीर्थ रानाले २५ यार्डबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा पुलिस अग्रता लिनबाट वञ्चित भएको थियो ।

८० औं मिनेटमा मनाङका अब्दु करिमको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरिएको थियो । पराजित टोलीका प्रशिक्षक तोपे फुजाले लिग सकिएपछि खेलाडीले विश्राम नपाएका कारण फिटनेसमा समस्या देखिएको बताइएको छ ।

निर्णायक गोल गरेका नीरकुमारले खेलको आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरेका छन् । पुलिसले अब सेमिफाइनलमा सीएमजी संकटा र क्यामरुनको धाउफिन्स एफसीबीचको विजेतासँग खेल्नेछ ।

धाउफिन्स प्रतियोगितामा सहभागी हुन नेपाल आइसकेको जानकारी प्रतियोगिताका प्रवक्ता ओमविक्रम चन्दले दिए । आज (सोमबार) तेस्रो क्वाटरफाइनलमा भ्यालीच्यासल युवा क्लब र रुस्लान थ्रीस्टार भिड्दै छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]