Dabali News

शिवालय मन्दिर शक्तिपीठको रुपमा स्थापीत

१० फागुन

काठमाडौँ । पदेलपोखरा स्थित शिवालय मन्दिर यतिबेला आन्तरिक पर्यटनकोे केन्द्र बनेको छ ।

नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजनामा समेत उल्लेखित शिवालय मन्दिरमा दैनिक सयौं धार्मिक पर्यटकहरुले भ्रमण गर्छन् ।

वि.सं.२०४४ सालमा तत्कालिन गाविस सचिव शेरजंग बहादर बस्नेतको सक्रियतामा स्थापना भएको मन्दिर शक्तिपीठको रुपमा स्थापीत छ ।

दैनिक विहान बेलुका नियमित पुजापाठ र भजन कृतन हुने उक्त मन्दिरको क्षेत्रलाई मन्दिरटोल भनिन्छ ।
गुल्मी सदरमुकाम तम्घासदेखी ३ किलोमिटर पुर्व उत्तर साविकको अर्खले गाविस हालको रेसुगा नगरपालिका वडा नम्बर ३ उपल्लो भाडागाउ पदेलपोखरामा पर्ने उक्त क्षेत्रमा पुग्नका लागि कच्ची मोटर बाटो छ ।

मन्दिरको शिरमा विश्वकै चर्चित रेसुगा, पुर्वपट्ठि साउनेको सामुदायीक जंगल र चौताराको गौशाला, भाडागाउँका सुन्तला र तरकारी खेतीले मान्छेलाई आकर्षित गर्ने गरेको छ ।

चैत्र बैशाखमा समेत चिसो मौसम रहने उक्त क्षेत्रमा मन्दिरको दैवि शक्तिको प्रभाव र विश्वासले मान्छेहरु त्यहाँ पुग्ने गर्छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]