Dabali News

फ्रान्समा सरकारविरुद्ध प्रदर्शन, ठाउँ-ठाउँमा भीडन्त

२९ पुस

काठमाडौं । फ्रान्समा ‘ पहेलो भेस्टधारी’ हजारौं व्यक्तिहरुले सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

इन्धनमा भएको मूल्यविरुद्ध केही साता अघि सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आफ्नो नबौं चरणको विरोध शुरु गरेका छन् ।

प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा उनीहरुको प्रहरीसँग भिड्न्त पनि भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।

पछिल्लो विरोध प्रदर्शनका क्रममा फ्रान्स भर झण्डै ८४ हजार व्यक्ति सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इन्धनमा भएको मूल्यबृद्धिलाई लिएर शुरु भएको प्रदर्शनमा पछिल्लो दिन नयाँ-नयाँ मागहरु थपिने क्रम जारी छ । प्रदर्शनकारीहरुले कर, स्वच्छ उर्जा, संस्थागत सुधार र नागरिकताका मुद्दाहरुलाई उठाउन थालेका छन् ।

यस अघिका प्रदर्शनमा आगजनी र तोडफोड भए पनि पछिल्लो समय त्यस्ता घटनामा कमी आएको छ । स्थितिलाई नियन्त्रणमा लिन ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म २२४ प्रदर्शनकारी पक्राउ परेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]